०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

नेता यादवलाई गरे सम्मान प्रदेश प्रमुख अहिराज

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० चैत। प्रदेश २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई सम्मान गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख डा राजेश अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका छन् ।

‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत आज सदाचारी नेता भरत बिमलजीसँग प्रदेश प्रमुखले भेटघाट गर्नुभएको छ,’ प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले बताएका छन्।

वरिष्ठ लोकतन्त्रवादी नेता यादवले आफूलाई प्रदेश प्रमुख डा अहिराजले निवासमै आएर सम्मान गर्दा आफूले लोकतन्त्रका लागि संघर्षको कदर भएको बताए ।

उनले आजसम्म लोकतन्त्रका लागि यति संघर्ष गर्दा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछ समेत नगरेको तर प्रदेश प्रमुख डा अहिराजको यो सम्मान उनको सरलतालाई दर्साएको बताए ।

भेटघाटको क्रममा समसामयिक राजनीतिक तथा प्रदेशको अवस्थाबारे कुराकानी भएको प्रदेश प्रमुख कार्यालयका सचिव गैडाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]