०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

नेता यादवलाई गरे सम्मान प्रदेश प्रमुख अहिराज

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० चैत। प्रदेश २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई सम्मान गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख डा राजेश अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका छन् ।

‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत आज सदाचारी नेता भरत बिमलजीसँग प्रदेश प्रमुखले भेटघाट गर्नुभएको छ,’ प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले बताएका छन्।

वरिष्ठ लोकतन्त्रवादी नेता यादवले आफूलाई प्रदेश प्रमुख डा अहिराजले निवासमै आएर सम्मान गर्दा आफूले लोकतन्त्रका लागि संघर्षको कदर भएको बताए ।

उनले आजसम्म लोकतन्त्रका लागि यति संघर्ष गर्दा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछ समेत नगरेको तर प्रदेश प्रमुख डा अहिराजको यो सम्मान उनको सरलतालाई दर्साएको बताए ।

भेटघाटको क्रममा समसामयिक राजनीतिक तथा प्रदेशको अवस्थाबारे कुराकानी भएको प्रदेश प्रमुख कार्यालयका सचिव गैडाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]