०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

डा राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन चैत्र २८ जनकपुरधाममा हुने

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ ।

महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्य रुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्ने र स्वयंमसेवकले अनिवार्य एक सय रुपैयाँ सहयोग गर्नुपर्ने निर्देशन दिइएको छ ।

महाधिवेशनमा सहभागी हुनका लागि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ । डा. राउतले जारी गरेको मार्गनिर्देशमा भनिएको छ, ‘चैत १५ गतेपश्चात प्राप्त हुने अधिवेशन प्रतिनिधिहरुको सूचीलाई महाधिवेशनमा समावेश गरिने छैन ।’

महाधिवेशनका लागि सो पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]