०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

सप्तरीबाट लागुऔषधसहित सरदार पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,११ चैत्र । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।

दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट ३५र३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं। ६ हेड क्वाटर राजविराजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]