२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सप्तरीबाट लागुऔषधसहित सरदार पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,११ चैत्र । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।

दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट ३५र३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं। ६ हेड क्वाटर राजविराजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]