०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

माधव नेपालमाथि पार्टी नफुटाउन दोस्रो पुस्ताको दबाब, झाँक्रीले गरिन् ट्विट

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१४ चैत्र । नेकपा एमालेको शक्ति संघर्षमा केपी शर्मा ओलीपक्षबाट अपमान सहँदै आएका वरिष्ठ नेता माधव नेपालमाथि आफ्नौ पक्षका दोस्रो पुस्तोको दबाब बढ्दो छ।

शुक्रबारको संसदीय दलको बैठकमा नेपाल पक्षीय नेता नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीसमक्ष पहल पार्टीलाई एकताबद्ध राख्न पहलकदमी लिन आग्रह गरेका थिए।

नेपाल पक्षका नेता ओली पक्षको बैठकमा सहभागी हुनु र मिलेर जानै पर्छ भन्नुलाई सकरात्मक रुपमा हेरिएको छ।

ओलीले नेपाल पक्षलाई विभाजनका लागि बाटो खुला छ भनिरहेका छन्। तर, नेपाल पक्षीय दोस्रो पुस्ताका नेताहरु पार्टी फुटाउन नहुने पक्षमा देखिएका हुन।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पनि दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढेको टिप्पणी गरेकी छन्।

एक ट्विट मार्फत उनले यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प आफूहरुको भएको बताएकी छन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,“दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]