०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

प्रेममय कविता लिएर आए ‘एटम’

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ चैत्र । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा।डा। कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र कवि अमृता शर्माले विमोचन गरे ।

प्रिय मौनतामाथि लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका ‘एटम’को यो पहिलो कवितासंग्रह हो । यस अघि साहित्यिक र गैर–साहित्यिक थुप्रै पुस्तक बजारमा ल्याए पनि कवितासम्बन्धी पुस्तक उनले पहिलोपटक बजारमा ल्याएका हुन् ।

कवि नेत्रले यो संग्रहको कवितालाई ‘उपासना कविता’ भनेर उपनाम दिएका छन् । आफूले प्रेम गरेका मानिसका लागि समर्पणस्वरूप यसलाई उपसना राखिएको उनले विमोचन समारोहमा प्रकाश पारे । आफूले विभिन्न विद्धान कविको शैली र भावलाई सापटी लिएर संग्रहका कविता तयार गरेको पनि उनले कार्यक्रममा स्पष्ट पारे । ती शैली र भावलाई आफ्नो शैलीमा परिवर्तनको कोसिस गरेको उनले बताए ।

यो कविता संग्रहमा उनले प्रेमलाई केन्द्रमा राखेर तयार गरेका कविता समेटेका छन् । संग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता संग्रहित रहेका छन् ।

कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले ‘एटम’का कविता वाचन गरेका थिए । विमोचनपछि पुस्तकमाथि अन्तक्र्रिया गरिएको थियो । अन्तक्र्रियामा प्रा।डा। कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए ।

डा। कृष्णहरि बरालले कविता सबैले लेख्दै आएको भए पनि आफ्नोपन दिन नसकिरहेको अवस्थामा नेत्र ‘एटम’ले आफूले फरक पहिचानको कविता ल्याएको जिकिर गरे । कविता लेख्दै आएका कतिपयले कविता भन्दै नबुझेको तर नेट आफैं कविताको चिरफार गर्ने स्रष्टा भएको पनि बरालले बताए । कवितालाई गहिराइबाट बुझेका नेत्रको कविता पनि त्यत्तिकै प्रभावशाली भएको जिकिर उनले गरे ।

कवि अमृताले नेत्रका कविता निकै गहन भएको बताइन् । कविताको चिरफार गर्दै उनले प्रेमको धारमा देखिएका यी कवितामा प्रेमका विविध दर्शन समेटिएको छ भनिन् ।

कवि तथा पत्रकार दीपक सापकोटाले नेत्रका कविता नेपाली कवितामा एक मानक बन्न सक्ने विश्वास आफूले लिएको बताए । कवितालाई नबुझी लेख्नु र बुझेर लेख्नुमा धेरै अन्तर हुने गरेको छ भन्दै नेत्रका कविताबाट आफू प्रभावित भएको बताए । यो कविता संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो । कविता संग्रहको मूल्य ३ सय ५० रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।