२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशीले आशु रोक्न सकेन मनोजका आमा

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ चैत्र । कमाउनका लागि १० वर्षकै उमेरमा पञ्चाव पुगेका थिए– जनकपुरधाम उपमहानगरपालिका १२ का मनोज सदा । अहिले उनी २५ वर्षको भए । तर उनी जसको घरमा मजदुरी गर्छन्, ति व्यक्ति (मालिक)ले घर फर्किन दिएका छैन ।

सदाले पटक पटक भाग्ने प्रयास गरेपनि सफल भएन । घरको नम्वर उनीसँग छैन । त्यसैले पनि उनी आफ्ना परिवारको सम्पर्कमा आएनन् । दुईदिन अगाडी उनी जनकपुरका पत्रकार शम्भु पण्डितसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफ्नो पीडा सुनाए । आईतवार पत्रकार पण्डितले उनको घर पुगेर आमा–बुवासँग सम्पर्क गराएका छन् ।

पत्रकार पण्डितले सदालाई पञ्चावमा बन्धक बनाएको भन्दै उद्धारमा सहयोग गर्न सामाजिक अभियन्ता सरोज रायसँग अनुरोध गरेका हुन् । अभियन्ता रायले सदालाई कानूनी प्रक्रिया पुरा गरी प्रशासनको सहयोगमा उद्धार गरी घर फर्काउने आश्वासन दिएको पत्रकार पण्डितले बताए ।

सदा भन्छन्, ‘गाउँकै साथीहरुसँग कमाउन पञ्जाव आएको थिए । उनीहरु फर्कियो । मलाई मालिकले घर फर्किन दिएन । न घरमा मोवाइल थियो, न मसँग । त्यही भएर अहिलेसम्म परिवारसँग पनि सम्पर्क भएको थिएन ।’

उनले पञ्जाबको होसियरपुर जिल्ला र दशवा शहर दिजापटोली गाउका मालिकले बन्धक बनाएको बताएका छन् । उनी भन्छन्, ‘मालिकले घरको हरेक काम गर्न लगाउँछन् । मलाई एक्लै घरबाट बाहिर निस्किन दिँदैन । मलाई उद्धार गर्नमा सहयोग गर्नुस् ।’

आइतवार उनले आफ्ना बुवा विन्देश्वर सदासँग कुरा गर्दा भाबुक भएर रुन थाले । उनका आमा–बुवा पनि आँशु थाम्न सकेनन् ।

‘१५ वर्षपछि छोरासँग कुरा गर्न पाउँदा भगवानलाई नै भेटेको महसुस भयो’, विन्देश्वरले भने, ‘उनलाई खोज्न पञ्जाव पनि गएको थिए । तर खोज्न सकिन् । त्यसपछि एकजनाले एउटा बाबा कहाँ पुगेपछि ६० दिनमै छोरा भेट्छन् भनेर भन्यो, अनी बाबा कहाँ पनि पुगेपनि छोरा आएन ।’ छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशी छु– उनले थपे ।विन्देश्वरले छोरा मनोजलाई पञ्जावबाट उद्धार गरी घर ल्याइदिन प्रशासनसँग समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]