१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशीले आशु रोक्न सकेन मनोजका आमा

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ चैत्र । कमाउनका लागि १० वर्षकै उमेरमा पञ्चाव पुगेका थिए– जनकपुरधाम उपमहानगरपालिका १२ का मनोज सदा । अहिले उनी २५ वर्षको भए । तर उनी जसको घरमा मजदुरी गर्छन्, ति व्यक्ति (मालिक)ले घर फर्किन दिएका छैन ।

सदाले पटक पटक भाग्ने प्रयास गरेपनि सफल भएन । घरको नम्वर उनीसँग छैन । त्यसैले पनि उनी आफ्ना परिवारको सम्पर्कमा आएनन् । दुईदिन अगाडी उनी जनकपुरका पत्रकार शम्भु पण्डितसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफ्नो पीडा सुनाए । आईतवार पत्रकार पण्डितले उनको घर पुगेर आमा–बुवासँग सम्पर्क गराएका छन् ।

पत्रकार पण्डितले सदालाई पञ्चावमा बन्धक बनाएको भन्दै उद्धारमा सहयोग गर्न सामाजिक अभियन्ता सरोज रायसँग अनुरोध गरेका हुन् । अभियन्ता रायले सदालाई कानूनी प्रक्रिया पुरा गरी प्रशासनको सहयोगमा उद्धार गरी घर फर्काउने आश्वासन दिएको पत्रकार पण्डितले बताए ।

सदा भन्छन्, ‘गाउँकै साथीहरुसँग कमाउन पञ्जाव आएको थिए । उनीहरु फर्कियो । मलाई मालिकले घर फर्किन दिएन । न घरमा मोवाइल थियो, न मसँग । त्यही भएर अहिलेसम्म परिवारसँग पनि सम्पर्क भएको थिएन ।’

उनले पञ्जाबको होसियरपुर जिल्ला र दशवा शहर दिजापटोली गाउका मालिकले बन्धक बनाएको बताएका छन् । उनी भन्छन्, ‘मालिकले घरको हरेक काम गर्न लगाउँछन् । मलाई एक्लै घरबाट बाहिर निस्किन दिँदैन । मलाई उद्धार गर्नमा सहयोग गर्नुस् ।’

आइतवार उनले आफ्ना बुवा विन्देश्वर सदासँग कुरा गर्दा भाबुक भएर रुन थाले । उनका आमा–बुवा पनि आँशु थाम्न सकेनन् ।

‘१५ वर्षपछि छोरासँग कुरा गर्न पाउँदा भगवानलाई नै भेटेको महसुस भयो’, विन्देश्वरले भने, ‘उनलाई खोज्न पञ्जाव पनि गएको थिए । तर खोज्न सकिन् । त्यसपछि एकजनाले एउटा बाबा कहाँ पुगेपछि ६० दिनमै छोरा भेट्छन् भनेर भन्यो, अनी बाबा कहाँ पनि पुगेपनि छोरा आएन ।’ छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशी छु– उनले थपे ।विन्देश्वरले छोरा मनोजलाई पञ्जावबाट उद्धार गरी घर ल्याइदिन प्रशासनसँग समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]