११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

चुम्बन पछाडिको रोचक वैज्ञानिक रहस्य !

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् ।

चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान प्रदान भए पनि यो युगल जोडीका लागि फाइदाजनक नै छ । प्रेमको स्पर्श नै ओठबाट हुन्छ । बच्चा बेलामा आमाको दूध पिउँदा जसरी ओठको प्रयोग हुन्छ त्यो पनि चुम्बनसँग निकै मिल्दोजुल्दो हुन्छ ।यसले बच्चाको दिमागमा नसाको बाटो बनाउँछ जसले मनमा सकारात्मक भावना पैदा गर्छ ।

ओठ मानिसमा देखिने सबैभन्दा कामुकता जगाउने अंग हो । ओठमा अत्यधिक संवेदनशील नसा हुन्छन जसका कारण ओठमा छुने बित्तिकै हाम्रो दिमागमा संकेत जाने गर्छ । र, यसले हामीमा सकारात्मक भावना उत्पन्न गर्छ । चुम्बनले हाम्रो दिमागको एउटा ठूलो हिस्सालाई सक्रिय बनाउँछ । यसले सक्रिय भएर काम गर्न थाल्छ । दिमागले अब के हुन्छ भन्ने सोच्न थाल्छ । यसका कारण हाम्रो शरीरको हार्मोन तथा न्यूरोट्रान्समिटर वृत्तमा घुम्न थाल्छ । जसले गर्दा हाम्रो सोच तथा भावनामा प्रभाव पार्न थाल्छ ।

चुम्बनको समयमा जब दुई ओठ मिल्छ त्यसबेला ९ मिलिग्राम पानी, ।७, मिलिग्राम प्रोटिन, ।१८ मिलीग्राम अर्गानिक कम्पाउन्ड्स, । मिलिग्राम फरक किसिमका फ्याट तथा ।द्धछ मिलिग्राम सोडियम क्लोराइडको आदान प्रदान हुन्छ । चुम्बनले ‘क्यालोरी बर्न’ गर्ने काम पनि गर्छ । चुम्बन गर्ने जोडीले प्रतिमिनेट २ देखि २६ क्यालोरी खर्च गर्छन् । र, यो सुखद अनुभव गर्न ३० विभिन्न प्रकारका मांसपेशीको प्रयोग हुन्छ । सन् २०१५ मा भएको एउटा अध्ययन अनुसार १६८ संस्कृति मध्ये आधा भन्दा कम संस्कृतिमा मात्र ओठको चुम्बनलाई स्वीकार गरिएको छ । चुम्बनको इतिहास २००० वर्ष पुरानो भएको मानिन्छ ।

सम्बन्ध बलियो बनाउन, तनाव कम गराउन तथा शरीरको ‘मेटाबोलिजम’ लाई बढाउन पनि चुम्बनलाई राम्रो मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]