१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ चैत्र ।लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

बम विस्फोटमा संलग्न थप एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]