१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बुटवलमा तीन कोरोना सङ्क्रमितको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

न्यूजमधेश डेस्क
बुटवल ,३० चैत्र । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना हुनुभएका उहाँमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको […]