२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रदेश २ का मन्त्री र नेतालाई मीठा–मीठा भोजन, बाहिर शहीद परिवारको रोदन

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

श्रवण देव
जनकपुरधाम,३१ चैत । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनभित्र आकर्षक टेन्ट लगाइएको छ । टेन्टभित्र रातो कार्पेटमा मन्त्री, नेतादेखि कार्यकर्ता हिंडिरहेका छन् । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै उनीहरु मीठा मीठा परिकारको स्वाद लिइरहेका छन् ।

यही टेन्टबाहिर २० जना भन्दा बढी मानिसहरु नारा लगाइरहेका छन्, ‘हाम्रो माग पूरा गर, वीर शहीद अमर रहुन् ।’

मंगलबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ वर्ष २०७८ तथा सिरुवा पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । कार्यक्रममा प्रदेशका केही मन्त्रीका साथै जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारी पनि उपस्थित भए ।

पार्टीका अन्य नेतारकार्यकर्तासहित अन्य क्षेत्रका व्यक्ति पनि उक्त कार्यक्रममा आमन्त्रित थिए ।

टेन्टभित्र मन्त्री, नेतारकार्यकर्ता हर्षित मुद्रामा शुभकामना आदानप्रदान गरिरहँदा बाहिर विरोध प्रदर्शन गरिरहने समूह थिए मधेश आन्दोलनका शहीदका परिवार । जसले केन्द्र र प्रदेश सरकारबाट आफूहरुको माग पूरा हुने आश्वासन मात्र पाएका थिए । मंगलबार पनि टेन्टभित्र रहेका मधेशका नेता र प्रदेश सरकारका मन्त्रीसँग शहीद परिवारको भेट भएन ।

एक शहीद परिवारलाई एक रोजगार उपलब्ध गराउने प्रदेश सरकारले प्रतिबद्धता जनाए पनि पूरा नगरेको गुनासो शहीद परिवारको छ । ‘धेरैलाई जागिरै दिइएको छैन’ शहीद परिवार तथा आन्दोलनमा घाइते भएका परिवारको हकहित संरक्षणका लागि गठन भएको समितिका संयोजक रामनरेश राय यादवले भने, ‘जागिर दिएकाहरुलाई पनि करारमा नियुक्त गरिएको छ ।’

उनका अनुसार प्रदेश सरकारले ५४ जनालाई नियुक्ति पत्र वितरण गरेपनि २८ जनाले जागिर पाएका छैनन् । यसबाहेक प्रदेश सरकारले मधेशी शहीद स्मृति प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता जनाए पनि गरेको छैन ।

२०६३ सालको मधेश आन्दोलनमा पति गुमाएकी सर्लाहीकी सुमित्रा यादवले स्थानीय नेतादेखि मन्त्रीसम्मले पटक–पटक आश्वासनबाहेक केही नदिएको बताइन् ।

‘शहीदकै बलिदानीमा मस्ती’

५ माघमा जनकपुरधाममा मधेशी शहीद दिवस मनाउने क्रममा पनि शहीदका परिवारले धर्ना दिएका थिए । त्यस बेला प्रदेश सरकारले माग पूरा गर्ने आश्वासन दिएको थियो । तर धेरै पटक दिएको आश्वासन पूरा नगरेको मंगलबार आएका शहीद परिवारले गुनासो गरे ।

‘शहीदकै बलमा यो सरकार बनेको छ । तर, शहीदकै परिवारमाथि कुनै चासो नदिई नेता र मन्त्रीहरु मस्ती गरिरहेका छन्’ समितिका संयोजक यादवले भने, ‘योभन्दा ठूलो बिडम्बना के नै हुन सक्छ ।’

शहीदका परिवार बाहिर नारा लगाइरहनु र शहीदकै बलमा सत्तामा पुगेकाहरु रमाइरहनुले आफूहरुलाई दुःखित तुल्याएको उनले बताए । ‘उनीहरु भित्र खानपिन र कुराकानीमा यति व्यस्त भए कि हामीलाई सान्त्वना समेत दिन आएनन्’ उनले दुःखेसो पोखे ।

शुभकामना आदानप्रदान कार्यक्रममा रहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई शहीद परिवारको समस्याबारेमा जिज्ञासा राख्दा उनले शहीद परिवारको माग प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

‘प्रदेश सरकारले सम्भव भएअनुसार सहानुभूतिका साथ व्यवहार गर्नुपर्छ’ उनले भने, ‘तिनीहरुको बालबच्चाको भरणपोषणको काम सरकारले गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]