२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

रौतहटको बिजयपुर बजारमा टिपर आतंक ब्यापारी आन्दोलित

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

संजय मिश्रा
रौतहट,९ बैशाख । रौतहटको पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर बजारमा अहिले टिपर आतंक चलेको छ । तिब्र गतिमा बजारहुँदै दैनिक सैयौं टिप गिट्टी बालुवा ओसार्न थालेपछि बजारमा टिपर आतंक मच्चेको हो ।

अनियन्त्रित रुपमा बजारहुँदै टिपरको आवतजावतले दिनभरी धुलो उडेर आफ्नो पसलमा बस्ने अवस्था नभएको ब्यापारीहरुले गुनासो गरेका छन् । एकजना पुर्व सांसदको सहयोगमा फतुवा स्थित संचालित ढुकुछु क्रसर उधोगमा बोटवाघाट लालबकैया नदिबाट दैनिक सैयौं टिप गिट्टी बिजयपुर बजारहुँदै ढुवानी गरिरहेको कारण ब्यापारीहरु ठुलो समस्यामा परेका छन् ।

बिजयपुर बजारमा दिनभरी उड्ने धुलोको कारण पसलमा बस्ने अवस्था नरहेको एकजना ब्यापारी श्रीभगवान साहले बताएका छन् । बजारका ब्यापारी आन्दोलित भएपछि मात्र ठेकदारले बजारको बाटोमा पानी पटाउने अन्यथा कुनै वास्ता नगरेको उनिहरुले गुनासो गरेका छन् ।

मंगलबार पनि बिजयपुरका ब्यापारीहरु पसल बन्द गरेर टिपर आतंक विरुद्धमा आंदोलनमा उत्रेका थिए । पछि बिजयपुरमा दैनिक पानी पटाउने सर्तमा प्रहरीले बाटो खुलाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले ठेकदारले गिट्टी बालुवा ल्याउंदा बजार क्षेत्रको बाटोमा पानी पटाउन निर्देशन दिएको बताएका छन् ।

उता ठेकदारले मापदण्ड बिपरित लालबकैया नदि बाट गिट्टी बालुवा उत्खनन तथा ढुवानी गरिरहेको गाउँलेले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]