१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

रौतहटको बिजयपुर बजारमा टिपर आतंक ब्यापारी आन्दोलित

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

संजय मिश्रा
रौतहट,९ बैशाख । रौतहटको पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर बजारमा अहिले टिपर आतंक चलेको छ । तिब्र गतिमा बजारहुँदै दैनिक सैयौं टिप गिट्टी बालुवा ओसार्न थालेपछि बजारमा टिपर आतंक मच्चेको हो ।

अनियन्त्रित रुपमा बजारहुँदै टिपरको आवतजावतले दिनभरी धुलो उडेर आफ्नो पसलमा बस्ने अवस्था नभएको ब्यापारीहरुले गुनासो गरेका छन् । एकजना पुर्व सांसदको सहयोगमा फतुवा स्थित संचालित ढुकुछु क्रसर उधोगमा बोटवाघाट लालबकैया नदिबाट दैनिक सैयौं टिप गिट्टी बिजयपुर बजारहुँदै ढुवानी गरिरहेको कारण ब्यापारीहरु ठुलो समस्यामा परेका छन् ।

बिजयपुर बजारमा दिनभरी उड्ने धुलोको कारण पसलमा बस्ने अवस्था नरहेको एकजना ब्यापारी श्रीभगवान साहले बताएका छन् । बजारका ब्यापारी आन्दोलित भएपछि मात्र ठेकदारले बजारको बाटोमा पानी पटाउने अन्यथा कुनै वास्ता नगरेको उनिहरुले गुनासो गरेका छन् ।

मंगलबार पनि बिजयपुरका ब्यापारीहरु पसल बन्द गरेर टिपर आतंक विरुद्धमा आंदोलनमा उत्रेका थिए । पछि बिजयपुरमा दैनिक पानी पटाउने सर्तमा प्रहरीले बाटो खुलाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले ठेकदारले गिट्टी बालुवा ल्याउंदा बजार क्षेत्रको बाटोमा पानी पटाउन निर्देशन दिएको बताएका छन् ।

उता ठेकदारले मापदण्ड बिपरित लालबकैया नदि बाट गिट्टी बालुवा उत्खनन तथा ढुवानी गरिरहेको गाउँलेले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]