१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

एसईईको पुरक परीक्षा अगामी साउनमा हुने

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

काठमाडौं, असार १८ गते । गत वर्ष २०७५ चैतमा सम्पन्न भएको माध्यमिक शिक्षा परिक्षा एसईईको पुरक परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेका छ्न।बुधबार राष्ट्रिय परिक्षा बोर्डले गत वर्ष गत वर्ष चैतमा सम्पन्न माध्यमिक शिक्षा परिक्षा (एसईई)परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी र सीभन्दा तल ग्रेड ल्याएको वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको परीक्षा बोर्डले बताएको छ ।परिक्षा बोर्डले आज बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उक्त पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गरिने भएको हो ।सूचना अनुसार एक विषयमा मात्र परीक्षार्थीहरूका लागि साउन २६ गते आइतबार पूरक परीक्षा सञ्चालन गरिनेछ भने २७ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो ठूलो कोड नम्बरको विषय परीक्षा सञ्चालन गरिनेछ ।यस वर्ष पूरक परीक्षा उक्त दुई दिनमात्र सञ्चालन गरिने पनि परीक्षा बोर्डले जनाकारी दिएका हु।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् । शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि […]