१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बाबुराम र उपेन्द्रको पत्तासाफ, जसपा संसदीय दलको नेतामा महतो चयन

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) को बहुमत सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेका छन्।

भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार २० जनाको हस्ताक्षरसहित महतो संसदीय दलको नेता चुनिएका हुन् । यता अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पक्षका सांसदहरुलाई भने यसबारे पत्तै हुन सकेको छैन् ।

बहुमत सांसदबाट राजेन्द्र महतो संसदीय दलको नेता चुनिएसँगै बाबुराम र यादवलाई भने तनाब हुने भएको छ । बिहीबारको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षका सांसद उपस्थित नै भएका थिएनन् । तर, बहुमत सांसदले चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।