२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

मधेशका ‘मसिहा’ डा.बाबुराम भट्टराईको नाममा ..!

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

विपि साह
नेपालमा सर्वप्रथम कुनै पार्टीको अध्यक्ष महिला भएकी थिइन् । पम्फा भुसाल । उनै पम्फा भुसाललाई जालझेल गरी अध्यक्षबाट हटाएर अध्यक्षीय राजनीतिको सुरुवात गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई ।

माओवादी जनयुद्धमा सबभन्दा शक्तिशाली संगठन थियो, मधेशी मुक्ती मोर्चा। जसले पार्टीभित्र मधेशीका लागि शसक्त रुपमा आवाज उठाउने गरेको थियो र नेतृत्वलाई चुनौती दिने गरेको थियो। पार्टीभित्र मधेशलाई कमजोर पार्न उक्त मोर्चालाई टुक्रा टुक्रामा विभाजन गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई ।

संघीयता विनाको अन्तरिम संविधान जारी हुँदा माओवादीका दोस्रो शक्तिशाली ‘विद्धान’ नेता थिए डा.बाबुराम भट्टराई ।

मधेशीसहित सीमान्तकृतहरुको बोलबाला रहेको पहिलो संविधानसभा विघटन गरी चुनाव घोषणा गर्ने व्यक्ति हो डा.बाबुराम भट्टराई ।

मधेशमा रगतको होली खेलेर जारी भएको रत्तरंजित नेपाली संविधानका निर्माता मध्येका एक हुन् डा.बाबुराम भट्टराई ।

यतिका मधेश र मधेशी विरोध गतिविधि गर्दासमेत मधेशका ‘मसिहा’ भएका छन् डा.बाबुराम भट्टराई ।

बाबुरामलाई आदरणीय स्व.बेदानन्द झाले लगाएको गुण तिर्न उनी मधेश झरेका होइनन्। पहाडबाट अस्वीकृत भएपछि शक्ति आर्जन गर्न मधेश पसेका हुन् बाबुराम भट्टराई । जसरी राणाहरु कर, लगान र कुत उठाउन मधेश झरेका थिए।‘विद्धान’ डा.बाबुराम भट्टराईको विद्धताले जनयुद्ध असफल भयो, कम्युनिष्टहरु छिन्नभिन्न भए। उनको विद्धताले बिप्पा सम्झौता बाहेक राष्ट्रिलाई कुनै ठूलो रणनीतिक वा व्यवहारिक फाइदा भएको जस्तो मलाई लाग्दैन।

तर, डा.बाबुराम भट्टराई लेखपढ गर्न जान्ने, भाषण कला जान्ने, गुट बनाउन जान्ने राम्रो श्रष्ठा हुनुहुन्छ भन्नेमा कुनै दुई मत छैन।

यी सब कर्म र अवसरवादको चिलगाडी चढेर मधेशमा ल्याण्ड गरेका डा.बाबुराम भट्टराई मधेशीका ‘महिसा’ भएका छन्। सायद, दास मधेशीहरुलाई पर्वते मालिकको चरण पखालेर पानी खाने बानी बसिसकेको छ।

मालिकको चरण पखालेर पानी नै खानु छ भने प्रदिप गिरीको खाउ । उनी मधेशमै बसेर, मधेशबाटै जितेर मधेशका लागि बोल्ने मात्रै होइन मधेशी मारिदा संविधानसभामा आवाज दर्ज गराई बहिस्कार गरेर हिड्ने एक मात्र पर्वर्ते मधेशी हुन्। उनी मन्त्री खान मधेशीको भोट अहिलेसम्म बेचेका छैनन्।

होइन भने मधेशमा आफ्नै नेतृत्व निर्माण गरौं। आन्दोलन स्वायत्तता, स्वतन्त्रता, स्वशासन र आत्मनिर्णयका लागि गर्ने अनी नेता चै अवसरवादको चिलगाढी चढाएर ल्याउने?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]

काठमाडौँ, ३ भदौ  । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]