११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सप्तरीमा छोराले खुकुरी प्रहार गरी आमाको हत्या

Logo
प्रकाशित शुक्रबार, आषाढ २०, २०७६

श्यामसुन्दर यादव
राजविराज, असार २० गते। जन्मदिने आमा माथीनै छोराले खुकुरी प्रहार गरि आमाको ज्यान लिएको छ।सप्तरीको सुरुङ्गा नगपालिका वडा नम्वर– १ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई विहीबार साँझ खुकुरी प्रहार गरी हत्या गरेको छ ।इन्सेक अनलाइनमा उल्लेख भए अनुसार हत्याको आरोपमा प्रहरीले ३४ वर्षिय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ गरेको हो । शवको नजिकै आगनमा दुवै हातमा खुकुरी लिएर उफ्रिरहेको अवस्थामा आरोपितलाई पक्राउ गरी गरी इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले बताएका छ ।खुकुरी प्रहारबाट गधनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको छ । खुकुरी बोकेर धम्क्याई रहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक प्रकाश बस्नेतले बताएका छन् ।मोबाइलमा रिचार्ज र घरमा खैनी सकिएको धनमायाले भनेपछि उनका पति ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएको बेला छोराले नै आमाको हत्या गरेको लोकबहादुरले जानकारी दिएका छन् । शवलाई पोष्टमार्टमकालागि विहीबारै राति रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पठाईएको छ ।जङ्गबहादुर मनोरोगी भएको आशङ्का गर्दै घर छाडेकी उनकी पत्नी एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइतमा छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]