१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दीपिका बन्लिन् ‘डाकु रुपमती’ ?

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ जेष्ठ । बलिउडका प्रख्यात निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा एकपछि अर्को प्रोजेक्टमा व्यस्त छन् । केही दिन अघि सञ्जयले अभिनेता शाहरुख खानसँग फिल्म ‘इजहार’मा सहकार्य गर्ने चर्चा चलिरहँदा यी निर्देशक आफ्नो प्रिय अभिनेत्री दीपिका पादुकोणसँग ‘बैजू बावरा’का लागि कुराकानी गरिरहेका छन् ।

बलिउड लाइफका अनुसार फिल्मको चरित्रका लागि सञ्जय र दीपिकाबीच कैयौंपटक कुराकानी भइसकेको छ । सञ्जयको फिल्मका लागि दीपिकाले ग्रीन सिग्नल दिइन भने यो फिल्ममा दीपिकाले सन् १९५२ की डाकु रानी रुपमतीको भूमिका निभाउनेछिन् । सञ्जय र दीपिका दुवैले फिल्मको चरित्रको बारेमा चर्चा गरेका छन् ।

दीपिकालाई फिल्ममा अनुबन्धका लागि केही कागजी प्रक्रिया बाँकी रहेको छ । केही बुँदामा दुवै पक्षबीच सहमति भएपछि कामको सम्झौता हुनेछ ।

‘भन्साली हाल ‘गंगूबाई काठियावाडी’को सम्पादन र पोस्ट प्रोडक्सनको काम गरिरहेका छन् । त्यही स्थानमा ‘बैजू बावरा’को टिम स–सानो काम गरिरहेका छन् । दीपिकाले सहमति जनाउनासाथ अन्य कलाकारको लागि कुराकानी अगाडि बढ्नेछन् ।’, फिल्म सम्बद्ध स्रोतले भनेको छ ।

फिल्मको सुटिङ आगामी वर्षको मध्यबाट सुरु हुनेछ । दीपिका र सञ्जयले यसअघि ‘गोलियों की रासलीलाः राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]