२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सर्लाहीमा माछा बजार अस्तव्यस्त बन्दै

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,११ जेष्ठ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।

नगरपालिका—७ को भित्री बजारमा सोमबार र बिहीबार बजार लाग्ने गर्दछ । बजारको व्यावस्थापन समिति रहेपनि बजारको व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्र्न जानेहरु पनि हैरान भएका छन् ।

भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरु र श्रृङ्गारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनि पशुपंक्षी तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामाग्रीहरुबाट निस्केका फोहोरको व्यावस्थापन गर्न सरोकारवाला निकाय बजार व्यावस्थापन समिति र वडाध्यक्षले चासो नदेखाउँदा आफूहरु दुर्गन्धित बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरुको गुनासो छ ।

आफूहरुले व्यापार व्यासाय गरेवापत समिति, वडा कार्यलय र विद्यालयलाई कर समेत बुझाइरहेको व्यापारीहरुले बताएका छन् ।

यस क्षेत्रमा लगाइने बजार जनज्योति मावि लालबन्दीको जमीन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ ।

सो बजारमा करीब ८०० स्टलहरु रहेका र प्रतिसटरको प्रतिफिट नापेर विद्यालयले कर असुल्ने गरेको छ । सटर नहुने र अस्थायी रुपमा बस्नेहरुका लागि भने समितिले हप्ते कर असुल्ने गरेको छ । यसरी कर तिरेर आफूहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यावस्था नगरिदिँदा वर्षामा घुँडाघुँडा पानी जम्ने गरेको व्यापारीहरुको गुनासो छ ।

तरकारी तथा मासु पसलबाट निस्कने फोहरका साथै बजारभरिको फोहोर समेत जथाभावी रुपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन् ।

आफूले सरोकारवाला निकायहरुको बैठकहरुमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरुले चासो नदेखाएका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनुभयो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफूहरुले काम गरिरहेको र अब ढल निकासको काम बाँकी रहेको बताउनुभयो ।

उहाँका अनुसार ढल निकायका लागि ७ नं वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सिर्जना भएको र चाहेर पनि आफूले ढल निकायको काम गर्न नपाएको बताउनुभयो ।

जनज्योति मावि लालबन्दीका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिश माझीका अनुसार विद्यालयले करीब ४५० वटा सटर र स्टलबाट प्रतिमहिना रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क उठाउने गरेको र बार्षिक करीब रु ७५ लाख रकम सङ्कलन हुने गरेको बताउनुभयो ।

ढल निकाय नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरीद गर्न आउने सेवाग्राहीलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालयबीच तालमेल नमिल्दा काम हुन नसकेको बताउनुभयो ।

त्यसैगरी ७ नंका वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपानेले बजार व्यवस्थापन र सुन्दर बजार बनाउन विभिन्न कामहरु भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]