२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जसपा विवाद कार्यकर्ता तहसम्मै, एकताको सम्भावना समाप्त

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्।

मंगलबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई कारबाहीको चेतावनीसहित स्पष्टीकरणपत्र पठायो । त्यसको केही घन्टा नबित्दै ठाकुरले पनि यादवलाई स्पष्टीकरण पत्र पठाएका छन् । दुवै पक्षले एक–अर्कालाई तीन दिनको समयावधि दिएर स्पष्टीकरण सोधेका छन्।

जसपाको केन्द्रमा जारी विवाद बुधबारसम्म तल्लो तहसम्म पुगिसकेको छ । प्रदेश २ मा कार्यकर्ताले एक–अर्को पक्षका नेताहरूको पुत्ला दहन गरेका छन् । यससँगै एकताका लागि प्रयासरत जसपाको दोस्रो तहका नेताहरूसमेत विभाजनलाई रोक्न नसकिने निष्कर्षमा पुगेका छन्।

अध्यक्ष ठाकुर पक्षका नेता मनीष सुमनले पार्टी एकता कायम रहने सम्भावना लगभग सकिँदै गएको बताए । ‘पार्टी एकता कायम रहने सम्भावना लगभग टाढिँदै गएको छ । आफू–आफू मात्रै बसेर निर्णय गरेर फरक–फरक बाटो हिँड्न थालेपछि समस्या उत्पन्न भएको छ,’ नेता सुमनले भने, ‘तैपनि कार्यकर्ता र शुभचिन्तकको चाहना भने पार्टी एक बनाउनुपर्छ भन्ने नै छ ।’ उनले सोधिएका स्पष्टीकरण फिर्ता भए पुनः पार्टी एकीकरणको प्रस्थानबिन्दु हुन सक्ने बताए।

पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टी निर्णयविपरीत सरकारमा जाने र ओलीलाई समर्थन गरेको भन्दै यादव पक्षको ८ जेठमा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्यहरू सर्वेन्द्रनाथ शुक्ल तथा लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकको मिति ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादव बसेर तय गरेका थिए । ठाकुर र यादवले छलफलबाट अहिलेको अवस्थामा कुनै सरकारमा नजाने, आफ्नै नेतृत्व वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्रै अघि सर्ने सहमति गरेर हस्ताक्षरसहित संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, उक्त सहमति दुई दिन पनि टिकेन।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक ७ जेठमा संसद् विघटन गरेसँगै मत्थर हुन लागेको विवाद पुनः उत्कर्षमा पुग्यो । त्यसपछि ठाकुर र महतोले तुरुन्तै बालुवाटार पुगेर ओलीलाई भेटेर बधाई मात्रै दिएनन् आफू सरकारमा जाने र कतिवटा मन्त्रालय पाउने भन्ने पनि निश्चित गरे । यो निर्णयबाटै यादव पक्ष चिढिइसकेको थियो । त्यसपछि जब ठाकुरले पहिल्यै बोलाइसकेको ८ र ९ जेठको बैठक नबस्ने भन्दै एक्लै विज्ञप्ति जारी गरे, त्यसले विवाद पुनः जहाँको त्यहीँ पु¥यायो।

यादव पक्षले भने केन्द्रीय कार्यकारिणीको बैठक बसेर ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय ग¥यो । सोहीअनुसार जसपाको पार्टी कार्यालय सचिवले मंगलबार इमेलमार्फत तीन दिनको म्यादसहित छुट्टाछुट्टै स्पष्टीकरणपत्र पठाए । यद्यपि, त्यसको जवाफ आउने अपेक्षा यादव पक्षले गरेको थिएन । नभन्दै त्यसको केही घन्टामा ठाकुरले नै यादवलाई सातबुँदे स्पष्टीकरणपत्र पठाएर आफ्ना निर्णयबाट ‘ब्याक’ नहुने प्रस्ट संकेत गरे।

अहिले ठाकुर र महतो आफ्नो भागमा पर्ने मन्त्रालयको संख्यासमेत टुंग्याएर सरकारमा जाने अन्तिम तयारीमा छन् । महन्थ र राजेन्द्र पक्ष भने पार्टीले उठाएका मुद्दा सम्बोधन भइरहेको भन्दै ओली नेतृत्वको सरकारमा जाने तर्क गरिरहेका छन्।

ओलीले दोस्रोपटक ७ जेठमा संसद् विघटन गर्नुअघि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम सरकार गठनका लागि सांसदलाई दाबी पेस गर्न आह्वान गरे पनि प्रधानमन्त्री नियुक्त नभएसँगै उपेन्द्र–बाबुराम पक्ष विपक्षी गठबन्धनसँग मिलेर संसद् पुनस्र्थापना तथा प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग राख्दै कानुनी र राजनीतिक संघर्षमा छन्।

उपेन्द्र–बाबुराम पक्षले सरकारमा जाने र ओलीलाई समर्थन गर्ने अर्को पक्षको निर्णयलाई पार्टी अनुशासनको विषय बनाउँदै आत्मालोचना गरेर नफर्केसम्म कारबाहीलाई नरोक्ने मनस्थिति बनाएको छ।

जसपा नेता मोहम्मद इस्तियाक राईले संविधान मास्ने प्रतिगमनकारीको निर्णयलाई समर्थन गर्ने निर्णयबाट आँखा चिम्लेर स्वीकार गर्न नसकिने बताए । ‘संविधानलाई नमानेर मास्ने हिसाबले अघि बढ्ने र प्रतिगमनकारीको मतियार बन्ने कुरा स्वीकार्य हुँदैन,’ जसपा नेता राईले भने, ‘अहिले पनि उहाँहरू आत्मालोचना गरेर फर्केर आउनुहुन्छ भने पार्टी एकढिक्का भएर अघि बढ्न सक्छ । तर, कोही प्रतिगमनको मतियार बन्छ भने आँखा चिम्लिन सकिँदैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित
तीन दिन बन्द रहने जयनगर- जनकपुर रेल सेवा जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले आज सूचना जारी गर्दै आईतवारदेखि मंगलवारसम्म तीन दिन जयनग-जनकपुर-भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जनाएका छन् । इन्डो नेपाल अन्तर्राष्ट्रीय वोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेलसेवा तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]