०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

प्रदेश २ सरकारले ९ वटा वारुणयन्त्र किन्यो

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ ।

खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’

कुसवाहाले चालु आ।ब।को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् ।

यद्यपि कोरोनाकालको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरिएकोमा प्रदेश सरकारको आलोचला हुन थालेको छ ।

प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । बस किनेको आठ महिना पुग्दा समेत सन्चालन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]