०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३१ जेष्ठ ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ ।

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल […]

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् । नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन […]