२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

जनमत पार्टी धनुषाको नवनियुक्त पदाधिकारीको सपथग्रहण

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाका नवनियुक्त प्रदाधिकारीहरुको पदभार तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका नव नियुक्त जिल्ला समन्वय समिति धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा सहितका प्रदाधिकारीहरुलाई शुक्रबार जनमत पार्टी धनुषाको कार्यालयमा आयोजित एक कार्यक्रममा पदभार तथा सपथग्रहण गराएका हुन् ।

त्यसैगरी उपाध्यक्ष उपेन्द्र रोहिता ,राजेन्द्र यादव ,फुल कुमारी यादव ,सचिव विजय साह ,सहसचिव नविन पण्डित र कोषाध्यक्ष किलेश मण्डललाई वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य इन्द्रेश झाले सपथग्रहण गराएका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव संजय यादव ,पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव ,जनमत पार्टीका केन्द्रीय महिला सचिव तथा धनुषा निवर्तमान जिल्ला इन्चार्ज अनिता साहले नव नियुक्त पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]