०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश २ मा चट्याङ लागेर दुई जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असार ।प्रदेश २ का महोत्तरी जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय भैंसी चराउन जाँदा र ५९ वर्षीया प्रेमशिला खेतमा मल छर्दै गर्दा खसेको चट्याङ्को शिकार बनेका थिए । दुवैको घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै, मनरासिस्वा नगरपालिका वडा नम्बर ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् । भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । यादवको भैंसीको भने चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]