०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

रेल छोपेको त्रिपाल फाटिसक्यो ,के छ पार्किङ गरी राखिएको रेलमा ?

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ श्रावन । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ ।

गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् ।

छोपिएको आधाभन्दा बढी भागको त्रिपाल सडेर हटिसकेको सशस्त्र प्रहरीको इनर्वा बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल बताउँछन् । ‘यो कसैले गरिदिएको होइन । बर्षाको पानीले सडेर हटेको छ’ उनी भन्छन्, ‘आधाभन्दा बढी भागको त्रिपाल सडिसकेको छ । अझै हट्ने क्रम जारी छ ।’

जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल गरेर ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसनबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको रेल जयनगरबाट जनकपुरसम्म ल्याइएको थियो । २ असोजमा जनकपुर आएको रेल ३ असोज २०७७ देखि इनर्वा स्टेशनमा पार्किङ गरेर राखिएको छ ।
रेल छोपिएका त्रिपाल हट्दै जाँदा पनि रेल कम्पनीले चासो दिएन । यस सम्बन्धमा रेल्वे विभागका महाप्रबन्धक भट्टराईलाई फोन गर्दा उनको फोन उठेन ।

आइतबार मात्रै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौडने भनिएपनि गति कमै देखिएको थियो ।

के छ पार्किङ गरी राखिएको रेलमा ?

रेल विभागका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।

एउटा रेलमा ५ वटा कार अथवा डिब्बाहरु रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।

एउटा ट्रेन सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्छन् । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा दौडन सक्छ ।

भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालनका लागि रेल खरीद गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]