०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

माओवादीभित्र मन्त्री माग्नेको घुँइचो, प्रचण्ड भन्छन्– केही दिनदेखि मानसिक तनावमा छु

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,९ श्रावण । नेकपा माओवादी केन्द्रभित्र मन्त्री पदका लागि हानाथाप शुरु भएको छ। मन्त्रीका लागि नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनहुँ दबाव दिइरहेका छन्।

प्रचण्डले केही दिनदेखि आफू मन्त्री आतंकको शिकार भइरहेको बताए। नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले मन्त्री बन्न दबाव दिने नेताहरुको हुलबाट फुत्केर आएको प्रतिक्रिया दिए।

“माओवादीले ७ मन्त्री पाउने भएपनि ४९ सांसदलाई नै मन्त्री चाहिएको छ”,प्रचण्डले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल […]