११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

तराई मधेश राष्ट्रिय परिषदद्वारा लोकसेवा विज्ञापनको विरूद्धमा चरणबद्ध आन्दोलन घोषणा

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

काठमाडौ ।संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी विज्ञापन र प्रकृया तुरन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनस् प्रकाशित गराउन विवेदकारी राज्यसरकारको एकमात्र विकल्प आन्दोलन भएकोले तराई मधेश राष्ट्रिय परिषदले आरक्षण बचाऔ आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेको छ।

संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै टिएमएनसीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’ लगाएतका नारासाथ मधेशी, आदिवासी जनजाति, मुश्लिम, दलित, अपांगता भएको व्यक्ति, महिला र पिछीडिएका क्षेत्रको तर्फबाट संयुक्त रूपले विरोध प्रर्दशनमा सहभागी भएको थिए।

नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै “लोकसेवा विरुद्ध पहिलो दिन विशाल जनप्रदर्शन प्रदर्शन” सु(सम्पन्न हुने, असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको परिषदको सदस्य समाजिक अभियन्ता सरोज रायले पाकिस्तानबाट समाजिक संजालको मार्फत जानकारी दिएको छ।


कार्यक्रममा परिषदको सदस्यहरुले हालको स्थानीय तहको विपरीत रहेको सरोज रायको भनाई अनुसार “जब सरकारले हाम्रो कुरा सुन्दैन, प्रशासनले सुन्दैन, प्रहरीले सुन्दैन तब हामी बडो विश्वासको साथ न्यायपालिका जान्छौं, तर न्यायपालिकाले पनि सुन्दैन भने आन्दोलन नै विकल्प रहन्छ।” यस्तै परिषदका सदस्य आनन्द गुप्ता भनाईमा “लोकसेवाको विज्ञापन समाजिक न्यायको खिलाप रहेको छ, यो सम्पूर्ण उत्पिडीत समुदाय र समाजको भविष्यको सवाल रहेको छ, हाम्रो अस्तित्वको सवाल रहेको छ ।” परिषदका अर्को सदस्य काशिन्द्र यादवले भने “यो नेपालमा एकल जातीय अधिपत्यलाई निरन्तर राख्ने कुत्सित नियतबाट निर्देशित छ । संसद, लोकसेवा र अदालत समेत सबैको यस षड्यन्त्रमा मिलोमतो देखिएकोले अब हामीसंग सडक संघर्ष र आन्दोलन बाहेक कुनै बाटो रहेन ।“

तराई मधेस राष्ट्रिय परिषद , आदिवासी जनजाति महासंघ, दलित महासंघ, आदिवासी जनजाति महिला महासंघ, अपांग महासंघ, पिछडिएका क्षेत्र, पार्टी निकट अदिवासी मोर्चा, कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, थारु कल्याणकारी सभा, थरुहट राष्ट्रिय भेला तयारी समिति एकताबद्ध भएर लोकसेवा विरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]