२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

न्यूजमधेश डेस्क
झापा ,१७ श्रावण ।कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ । काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताउनुभयो ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनुभयो ।

छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ । बजार, सिनेमा हल, पार्टीप्यालेस, स्वीमिङ पुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, ब्यूटीपार्लर, पुस्तकालय आदि बन्द गरिने निषेधाज्ञामा भनिएको छ ।

जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]