२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

वडा स्तरीय युवा र महिला जनमत संघ गठन

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले संगठन विस्तारलाई निरन्तरता दिएको छ ।

बुधबार पूर्वी धनुषाको कमला नगरपालिकामा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ८ हरिनेमा आयोजित एक कार्यक्रम विच गणेश कुमार यादवको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ गठन गरिएको छ ।

त्यसैगरी वडा स्तरीय २१ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ ।सो महिला जनमत संघको अध्यक्षमा रिना देवी यादवलाई सर्वसहमतिले चयन गरेकी हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टी धनुषाका उपाध्यक्ष उपेन्द्र प्रसाद रोहिता रहेको थियो ।विशिष्ट अतिथिमा पार्टीका जिल्ला सहसचिव नविन पण्डित ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य सुमन बाबा रहेको थिए ।

सो कार्यक्रममामा महिला जनमत संघ धनुषाका अध्यक्ष रेखा मण्डल ,पार्टीका कमला नगरपालिकाका नगर संयोजक मनोज बनरैत ,सचिव उपेन्द्र गोरहानसहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]