१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

पहिले बालबच्चा मोटाघाटा भए आमाबुवा सन्तुष्ट हुन्थे । छोराछोरी ‘खाइलाग्दा ज्यानका’ भए भनेर दंग पर्थे । त्यसबेला बच्चाहरु घरबाहिर खेल्ने, उफ्रने, दौडने गर्थे । जंकफुड सहजै उपलब्ध हुँदैनथ्यो । र, उनीहरुको शरीर भद्दा देखिदैनथ्यो ।

अहिले भने बच्चाहरुको मोटोपन आमाबुवाको लागि टाउको दुखाइको विषय बन्न थालेको छ । बच्चाहरु अस्वभाविक मोटाएका छन् । उनीहरुको शरीर भद्दा देखिएको छ । उनीहरु सुस्त र कमजोर पनि हुने गरेका छन् ।

सामान्य मोटो हुनु समस्या भएन । तर, अस्वभाविक रुपमा बढ्ने मोटोपनले रोग निम्त्याउँछ । अहिले बालबालिकाहरु एकै ठाउँमा बस्ने, जंकफुड खाने गर्छन् । उनीहरुको सुत्ने, उठ्ने तालिका पनि निश्चित छैन । यही कारण मोटोपनको शिकार भएका छन् ।

अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो मोटोपन भएमा के हुन्छ ?

अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । विभिन्न अध्ययनबाट के देखिएको छ भने बाल्यकालमा बढेको मोटोपनले दीर्घकालसम्म स्वास्थ्य समस्या ल्याउँछ ।

युरोपमा गरिएको एक अध्ययन अनुसार अहिले धेरै दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । आमाबुवा एवं घर परिवारको सम्पूर्ण ध्यान नै उक्त बच्चामा केन्द्रित हुन्छ । बच्चालाई आवश्यक्ताभन्दा बढी स्यहारसुसार गर्ने र खानपिन गराउने हुन्छ । यसले बच्चामा मोटोपन बढाउने जोखिम रहन्छ । युरोपमा बालबच्चामा बढ्दो मोटोपन आमाबुवाको लागि टाउको दुखाईको विषय बनेको छ । इटाली, स्पेन र साइप्रसका बच्चाहरुमा मोटोपनको समस्या यरोपको उत्तरी देशहरुको तुलनामा तीन गुणा बढि छ ।

बाल्यकालमै मोटोपन बढेपछि उनीहरुमा त्यसको असर कहिलेसम्म रहन्छ त ? सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ । स्कूलहरुको बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जना बच्चामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिर्वतन भएको जीवनशैली र खानपानको बानीका कारण यस्तो भएको हो ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धि रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र ह्दयघात हुने खतरा बढि हुन्छ ।

बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धि रोगहरु जस्तै मधुमेह जस्ता रोगहरुको शिकार बन्न सक्छन् । बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्याधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् र यसमा आमा–बुबाको भुमिका पनि महत्वपुर्ण हुन्छ । खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको […]