०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

पूजाको विषयमा दुई पक्षबीच कुटाकुट, एकको मृत्यु

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,३ असोज ।महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिनुभयो ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]