१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कांग्रेस धनुषा र कैलालीको क्रियाशील विवाद मिल्यो

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,४ असोज । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद मिलाएको छ । क्रियाशील विवाद समाधान समितिले दुइ जिल्लाको विवाद टुंगोमा पु¥याउन ९ बुँदामा निर्णय गरेर विवाद टुंग्याएको हो ।

नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औं महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरुमा पुराने क्रियाशील सदस्यहरुबाट महाधिवेशन हुनेछ ।

यस्तै मिथिला बिहारी नगरपालिका वडा नम्बर ६, १० , लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ र २ मा वडा सभापतिहरुले सिफारीस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ । क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरु भने १४ औं महाधिवेशन सकिएपछि प्रकृयामा जाने छ ।

क्षिरेश्वर नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३,४,५,६ मिथिला बिहारी नगरपालिका २ का साथै जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरुले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरुले सिफारीस गरेको क्रियाशील सदस्यले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउनेछन् । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद रहेको थियो । डा. चन्द्रमोहन यादव सहितका नेताहरु विवादका कारण केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए । १३ औं महाधिवेशनमा यो क्षेत्रलाइ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको थियो ।

समितिले कैलाली जिल्लाको विवादका सम्बन्धमा पनि निर्णय भएको छ । कैलाली जिल्ला क्षेत्र नम्बर १ को टिकारपूर नगरपालिका वडा नम्बर १ मा भने १३ औं महाधिवेशनमा सहभागि भएका क्रियाशील सदस्यहरुले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।

समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आन्नद ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ । यस्तै परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् । यी नेताहरुले २ जिल्लाका विषयमा कार्यतालिका प्रभावित नहुँने गरि चाँडो कार्यन्वयन गराउनुपर्ने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]