१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

म सभापतिको दाबेदार होइन : गच्छदार

Logo
प्रकाशित बुधबार, आश्विन ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,६ असोज। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् भनेर आफूले भूमिका खेल्ने बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने भन्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा छैन । भविष्यमा पनि म त्यो पदका लागि प्रतिस्पर्धा गर्दिनँ ।’

उपसभापति गच्छदारले आफूले फोरम लोकतान्त्रिकलाई कुनै गुटमा नभई कांग्रेसमा समाहित गरेको र सबैको साझा व्यक्ति बन्न सक्ने बताए । उनले अघि भने, ‘म के पदमा प्रतिस्पर्धा गर्छु, आउने दिनमा भन्नेछु ।’

उनका अनुसार फोरम लोकतान्त्रिकको तर्फबाट सिफारिस भएका २५ हजार ४६८ मध्ये २३ हजार ४ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]