०९ माघ २०८१, बिहिबार
23-01-2025 , Thu
×

म सभापतिको दाबेदार होइन : गच्छदार

Logo
प्रकाशित बुधबार, आश्विन ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,६ असोज। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् भनेर आफूले भूमिका खेल्ने बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने भन्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा छैन । भविष्यमा पनि म त्यो पदका लागि प्रतिस्पर्धा गर्दिनँ ।’

उपसभापति गच्छदारले आफूले फोरम लोकतान्त्रिकलाई कुनै गुटमा नभई कांग्रेसमा समाहित गरेको र सबैको साझा व्यक्ति बन्न सक्ने बताए । उनले अघि भने, ‘म के पदमा प्रतिस्पर्धा गर्छु, आउने दिनमा भन्नेछु ।’

उनका अनुसार फोरम लोकतान्त्रिकको तर्फबाट सिफारिस भएका २५ हजार ४६८ मध्ये २३ हजार ४ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ । पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् । आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू […]