०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

मन्दिर संरक्षणमा जुट्दै स्थानीय

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही,१५ असोज।सर्लाहीकाे लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् ।

साे वडाकाे माथिल्लाे देउराली स्थित फुलजाेर खाेला किनारमा रहेकाे सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरकाे संरक्षणमा जुटेका हुन् ।

यहाँ स्थित साे मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएकाे छ ।

धार्मिक अास्था बाेकेकाे साे मन्दिर संरक्षणमा कसैले चासाे नदिएपछि अाफुहरु अघि सरेकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर खत्री फुयालले बताए ।

उनका अनुसार मन्दिर पुनर निर्माणका लागि वडा कार्यालयबाट १ लाख तथा नगरपालिकाबाट ३ लाख बजेट प्राप्त भएकाे छ । साे रकमले मन्दिरकाे पुनर्निर्माण गरिने उनले बताए ।

उनका अनुसार साे मन्दिरमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गरेकाे छ । दिवंगत अाफन्तकाे नाममा बत्ती बाल्न त्यहा हरेक वर्ष वरपरकासहित टाडा टाडाका मानिसहरु समेत अाउने गरेका छन् ।

मन्दिर पुनर्निर्माण गर्न सके धार्मिक पर्यटक समेत बढ्ने उनकाे ठहर छ ।
स्थानीय राम्जी खड्काका अनुसार भाकल पुरा हुने भएकाेले गाैरीशंकर, सागरनाथ खयरमारा लगायतका स्थानबाट समेत मानिसहरु दर्शनका लागि त्यहा अाउने गरेका छन् ।

तर मन्दिरकाे संरक्षणमा भने कसैले चासाे नदिंदा यसकाे महत्व घट्दै गएकाेले अाफुहरु अहिले मन्दिरकाे संरक्षणमा जुटेकाे उनले बताए ।

मन्दिरकाे नाउमा ७ कट्ठा ९ धुर जग्गा समेत अतिक्रमणमा परेकाे भन्दै अर्का स्थानीय युवा खड्ग बहादुर कार्कीले मन्दिरकाे अतिक्रमित जग्गा फर्काउन प्रयास भैरहेकाे बताए ।

मन्दिर निर्माणका लागि प्रदेशदेखि माथिल्लाे निकायसम्म पहल भईरहेकाे बताउदै उनले धार्मिक सम्दाहरुकाे संरक्षण गर्नु सबैकाे दायित्व भएकाे बताए ।

‘अहिले भएकाे संरचणा मन्दिर परिसरका रुख वक्रीबाट अाएकाे पैसाले बनेकाे हाे । त्यसबाहेक अन्य कुनै निकायले पनि सहयाेग गरेकाे छैन सायद अघि बढ्ने र पहल गर्न कसैले चासाे नदिएर हाेला ।’

खड्काले भने, ‘याे मन्दिरकाे पुनर्निर्माण गर्न सके यसले धार्मिक सम्दाकाे संरक्षणमा टेवा पुनुका साथै धार्मिक पर्यटक समेत अाकर्षित हुन्छ ।’

अाफुहरुले मन्दिर परिसरमा धर्मशाला बनाउनेदेखि फनपार्क बनाउने सम्मकाे याेजनाकासाथ काम गरेकाेले सबैकाे सहयाेग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अहिले प्रदेश २ सरकारले समेत धार्मिक सम्पदाकाे संरक्षणका लागि मुख्यमन्त्री स्वच्छता अभियान संचालन गरेकाे छ । अभियानले सिद्देश्वर मन्दिर जस्तै वस्ति वस्तीमा रहेका जीर्ण र अलपत्र परेका मन्दिरहरु तथा सम्पदाहरुलाई छुन सक्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]