१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सुरक्षित यौन जीवनका लागि चार सर्त

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान सकिन्छ, जसलाई यौन सम्पर्क गरेको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्छ । यद्यपी पटक–पटक यस्ता चक्की सेवन गर्न संभव हुँदैन, शारीरिक स्वास्थ्यका हिसाबले ।

यदि यौन सम्बन्धपछि तत्काल यस्ता चक्की सेवन गरिएन भने गर्भ रहन सक्छ । गर्भ रहेपछि दुईवटा विकल्प रहन्छ, गर्भ तुहाउने वा सन्तान जन्माउने । सन्तानको योजना नबनाएको अवस्थामा दुबै काम झन्झटिलो हुन्छ । गर्भपतन गराउँदा खर्च लाग्छ, स्वास्थ्यलाई उत्तिकै हानी गर्छ । यसले शारीरिक तथा मानसिक रुपमा सताउँछ । यदि दोस्रो विकल्प रोज्ने हो भने पनि योजना बिना सन्तान जन्माउनु र हुर्काउनु त्यती लाभदायक नहुन सक्छ ।

यस्तो अवस्थामा के गर्ने त ? शारीरिक सम्बन्ध राख्दै नराख्ने ? वा कुन समयमा यौन सम्बन्ध राख्दा सुरक्षित होला ?

दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ । यसले उनीहरुलाई शारीरिक तथा भावनात्मक रुपमा नजिक ल्याउँछ । यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक समस्या देखापर्न सक्छ । भ्रम र अविश्वास पैदा हुनसक्छ । भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ ।

त्यसो भए के गर्ने त ?

यौन सम्बन्ध राख्नुपर्छ, यो प्राकृतिक आवश्यक्ता पनि हो । यौन सम्बन्धका क्रममा केही सावधानी अपनाइयो भने अनिच्छित गर्भ रहनबाट बच्न सकिन्छ ।

बडी क्यालेन्डरको सहयोग

यो तरिका धेरै पुरानो हो । महिनावरी चक्रलाई ध्यानमा राख्नुपर्छ । आफ्नो पाठेघरको तरल पदार्थ जाँच गर्न सकिन्छ । यदि ¥याल लचकदार छ भने तपाईंको गर्भ रहन सक्छ । यदि यो चिपचिपा छ भने सम्झनुहोस् कि तपाईंको समय सुरक्षित छ । यो गर्भ रोक्ने सबैभन्दा सस्तो तरिका हो ।

यौन सम्पर्क गरौं तर ..

यदि यौन सम्बन्धका क्रममा तपाईंहरु दुबै पेनिट्रेशन (योनीद्वारमा लिंग प्रवेश गराउने) गराउन चाहनुहुन्छ र अनिच्छित गर्भबाट पनि बच्न चाहनुहुन्छ भने कुनै किसिमको गर्भनिरोध प्रयोग गर्नुपर्छ । यदि तपाईं गर्भनिरोध र प्रेग्नेन्सी दुबैबाट बच्न चाहनुहुन्छ भने यौन सम्बन्धको क्रममा हात र मुखको प्रयोग गर्न सक्नुहुन्छ । मुख मैथुन पनि तपाईंहरुको लागि एउटा विकल्प हुनसक्छ । तर, यस क्रममा ध्यान दिनुपर्ने चाहि के भने विर्यलाई योनीको आसपासमा आउन दिनुहुँदैन ।

त्यसो त बिना पेनिट्रेशन यौन सम्बन्ध राख्दा गर्भवती हुने संभावना एकदम कम हुन्छ । तर, ध्यान राख्नुपर्ने कुरा, गर्भ रहनका लागि केवल एक स्पर्म नै काफी छ ।

गर्भनिरोधकको प्रयोग

अहिले गर्भनिरोधका अनेक उपाय छन् । यस्ता उपाय हुँदाहुँदै असुरक्षित यौन सम्बन्ध बनाउनुको कुनै अर्थ छैन ।

महिलाले गर्भनिरोधक गोली सेवन गर्न सक्छन् । कन्डोम प्रयोग गर्न सकिन्छ । अरु किसिमको विकल्प पनि छन् । यद्यपी कन्डोमबाहेकका विकल्प अपनाउँदा महिलाको शारीरिक स्वास्थ्यमा केही असर गर्छ कि भनेर ध्यान दिनुपर्छ ।

‘हुन्न’ भन्नुपनि एक विकल्प

अक्सर यौनको लागि पुरुष नै अग्रसर हुने गर्छन् । जब पुरुषलाई यौनको इच्छा जाग्छ, तब उनले आफ्नो पार्टनरलाई त्यसका लागि तयार हुन आग्रह गर्छन् । पुरुषकै विर्य स्खलन भएपछि उनीहरुको यौन सम्बन्ध पुरा हुन्छ । यसमा महिलाको उपस्थिती र रुचीलाई त्यती ध्यान दिइदैन । जबकी गर्भ रह्यो भने महिला नै बढी पीडित हुने हो । महिलाले नै बढी मानसिक र शारीरिक समस्या झेल्ने हो । यसकारण पार्टनरले असुरक्षित यौन सम्बन्ध बनाउने इच्छा राख्छ भने महिलाले हुन्न भन्न सक्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]