२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

भ्रष्टाचार विरुद्ध जनमतको आन्दोलनमा उर्लियो जनसागर

Logo
प्रकाशित सोमबार, कार्तिक ०१, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,१ कार्तिक । प्रदेश २ मा व्यापक भ्रष्टाचार भएको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनसागर सडकमा उर्लिएको देखिएको छ   ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारको रंग कस्तो गुलाबी साइकल जस्तो ,भ्रष्टाचारी होसयार , साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, साइकल चोर मुख्यमन्त्री लालबाबु राउत राजिनामा दे , जनमत पार्टी जिन्दावाद,सिके राउत जिन्दाबाद जस्ता नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् ।

जनमत पार्टी सिरहाका अध्यक्ष विजय कुमार साहको नेतृत्वमा जिल्लाको सुखिपुर नगरपालिका १० दैहपुरीबाट सुरु भएको मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गर्दै कहसा हुदै गोलाबारको परिक्रमा गरि गोलचक्कर चौकमा आएर कोणसभामा परिणत गरेको थिए ।

सो कोणसभामा जनमत पार्टीका उपमहासचिव ई .इन्द्रजित यादव,सचिव संजय यादव ,केन्द्रीय सदस्य निर्मल मण्डलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशलाई बदनाम गराउनमा मस्त रहेको भन्दै राजिनामाको माग गरेको छ। त्यसैगरी वक्ताहरुले भ्रष्टाचारको छानबिन गरि र भष्टाचारीहरुलाई कडाभन्दा कडा कारवाही गर्नसमेत माग गरेको छ ।

प्रदर्शनकारीहरुले प्रदेश २ सरकारले छात्राहरुलाई बितरण गरेको साइकल खरीदमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतबिरुद्ध चर्को नाराबाजी गर्दै उनको राजिनामा माग गरे ।

प्रदेश सरकारदेखी जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार भएको महालेखा परिक्षण कार्यालयको प्रतिवेदनमा प्रष्टै दिएको जनमत पार्टी सिरहाका सचिव सन्तोष कुमार यादवले बताए ।

उनले भने ‘कामै नगरी विकासको नाउँमा ठूलो रकम खर्च देखाएर भ्रष्टचार गरेका कारण आफूहरु जनतालाई सचेत र भ्रष्टाचारीहरुलाई अख्तियारले कारवाही नगरेपछि जनस्तरबाटै कारवाही गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]