०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेताहरुको  रिहाको माग गर्दै जनमत पार्टीको प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने जनमत पार्टीले बताए ।

खानेपानी तथा ढल निकास आयोजना जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ कार्यकर्तालाई छुटाउन दबाबस्वरूप प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख कुशवाहलाई जनकारवाही स्वरूप जनमत पार्टीले कारवाही गरेको थियो । कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार साँझ पनि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]