०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,६ कार्तिक । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो ।

सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आउनुभएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आउनुभएको थियो ।

गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैता र सप्तरी शाखाका अध्यक्ष श्रावण देवले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]