२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

देशको बिकास र सुशासनको लागि जनमतको स्थापना : डा. सीके राउत

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

न्यूजमधेश डेस्क
राजबिराज, १५ कार्तिक । देशको विकास र सुशासनका लागि जनमत पार्टीको स्थापना गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले बताएका छन् ।

सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगर समिति कंचनरुपद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै डा. राउतले देशमा चरम भ्रष्टाचारले सीमा नाघेको बताए । देशको बिकास र समृद्धि प्रमुख बाधक भ्रष्टाचार हुन डा. राउतले भने, देशको तीन वटै तहको भ्रष्टाचार उन्मूलन गर्न पार्टी संघर्षमा छ । डा. राउतले देशमा बर्तमान अबस्थामा शासन र प्रशासनमा रहेको राजनैतिक पार्टीहरुले भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप लगाए ।

देश चलाउने पार्टीहरु भ्रष्टाचारीको मोतियार बने, डा. राउतले भने, अब कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पारे । डा. राउतले भ्रष्टाचारीलाई जनताले जनकारबाही गर्नु शुरु गरिसकेको बताउँदै देशको बिकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए ।

अध्यक्ष डा. राउतले सदियौंदेखि विभेदमा परेका मधेशी, आदिबासी जनजाति, मुश्लिम दलित, महिलालगायतको अधिकारबाट बञ्चित समुदायको मुक्तिका लागि जनमत पार्टीमा आबद्ध हुन आह्वान गरे । जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले जनताराज ल्याउन अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई भारी मतले बिजयी गराउन आग्रह गरे । उनले बेरोजगारी, उपचार, भोकमरीलगायतको जातीय बर्गीय समस्या समाधानका लागि जनमत पार्टीको नेतृत्व आबश्यक भएको बताए ।

जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई पालैपालो जनकारबाही गर्ने चेतावनी दिए ।

जनमत पार्टी सप्तरीका सचिव थानेश्वर साहद्वारा संचालित कार्यक्रममा स्वागत भागवत महतोले गरे । जनसभामा हजारौंको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]