०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

देशको बिकास र सुशासनको लागि जनमतको स्थापना : डा. सीके राउत

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

न्यूजमधेश डेस्क
राजबिराज, १५ कार्तिक । देशको विकास र सुशासनका लागि जनमत पार्टीको स्थापना गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले बताएका छन् ।

सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगर समिति कंचनरुपद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै डा. राउतले देशमा चरम भ्रष्टाचारले सीमा नाघेको बताए । देशको बिकास र समृद्धि प्रमुख बाधक भ्रष्टाचार हुन डा. राउतले भने, देशको तीन वटै तहको भ्रष्टाचार उन्मूलन गर्न पार्टी संघर्षमा छ । डा. राउतले देशमा बर्तमान अबस्थामा शासन र प्रशासनमा रहेको राजनैतिक पार्टीहरुले भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप लगाए ।

देश चलाउने पार्टीहरु भ्रष्टाचारीको मोतियार बने, डा. राउतले भने, अब कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पारे । डा. राउतले भ्रष्टाचारीलाई जनताले जनकारबाही गर्नु शुरु गरिसकेको बताउँदै देशको बिकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए ।

अध्यक्ष डा. राउतले सदियौंदेखि विभेदमा परेका मधेशी, आदिबासी जनजाति, मुश्लिम दलित, महिलालगायतको अधिकारबाट बञ्चित समुदायको मुक्तिका लागि जनमत पार्टीमा आबद्ध हुन आह्वान गरे । जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले जनताराज ल्याउन अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई भारी मतले बिजयी गराउन आग्रह गरे । उनले बेरोजगारी, उपचार, भोकमरीलगायतको जातीय बर्गीय समस्या समाधानका लागि जनमत पार्टीको नेतृत्व आबश्यक भएको बताए ।

जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई पालैपालो जनकारबाही गर्ने चेतावनी दिए ।

जनमत पार्टी सप्तरीका सचिव थानेश्वर साहद्वारा संचालित कार्यक्रममा स्वागत भागवत महतोले गरे । जनसभामा हजारौंको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]