०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

अर्नाद्वारा दर्जनौं बिघाको धानबाली नष्ट

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

न्यूजमधेश डेस्क
राजविराज, १७ कार्तिक। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।

सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिनुभयो ।

दैनिक १०÷१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत नारायण चौधरीको दुई कठ्ठा, मुसहरु पासवानको पाँच कठ्ठा, प्रभुलाल पासवानको पाँच कठ्ठा, रामगुलाम पासवानको तीन कठ्ठा खेतमा लगाइएको धानबाली कुल्चिएर नष्ट गरेको पासवानको भनाइ छ ।

त्यस्तै रामअवतार पासवानको तीन कठ्ठा, मुन्नादेवी पासवानको दुई कठ्ठा, श्रीलाल पासवानको दुई कठ्ठा, रामप्रसाद मण्डलको चार कठ्ठा गरी दर्जनौं किसानले लगाएको धानबालीमा समेत जङ्गली अर्नाको समूहले खाएर क्षति गरेको पीडित किसानले बताएका छन् ।

यसरी कडा मिहेनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीयवासीको भनाइ छ ।

केही दिनयता सो क्षेत्रमा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयवासीले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]