०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रदेश सरकारको तालिम केन्द्र कामविहीन

Logo
प्रकाशित बुधबार, मंसिर ०१, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,१ मङ्सिर । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन जस्तै बनेको छ ।

विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो ।

कोरोना त्रासका कारण भौतिक उपस्थितिमा हुनुपर्ने विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन हुन सकेका छैनन् । कोभिडको सहज अवस्थासँगै यस्ता तालिमजन्य कार्यक्रमले निरन्तरता पाउने केन्द्रले जनाएको छ । तालिम केन्द्रमा हाल केन्द्र निर्देशक पद रिक्त छ भने वरिष्ठ जनस्वास्थ्य प्रशासक पदसमेत रिक्त छ ।

उक्त केन्द्रको काम आवश्यकतानुसार स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्नु हो । साविकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका रूपमा स्थापित उक्त कार्यालय पछिल्लो संरचनाअनुसार प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य तालिम केन्द्रका रूपमा रहिआएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]