११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ मंसिर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताउनुभयो । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताउनुभयो । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]