१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

न्यूजमधेश डेस्क

काठमाडौं ,७ मंसिर । नेकपा एमालेले आसन्न महाधिवेशनका प्रतिनिधिको संख्या बढाएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो ।

यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ३ सय २७ पुग्ने पुगेको छ । यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो ।

सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।

हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]