१९ बैशाख २०८२, शनिबार
03-05-2025 , Sat
×

देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : निधि

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ मंसिर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताउनुभएको छ ।

निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा आज जनकपुरधाममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गर्नुभयो । उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो ।

निधिले भन्नुभयो, “वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” निधिले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ । पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् । आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू […]