१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरु पक्राउपछि रिहा

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ मंसिर ।जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरी धर्ना बसेका १२ जना करारमा नियुक्त शिक्षक पक्राउ परेका छन् ।

विश्वविद्यालयको डिनको कार्यालयमा तालाबन्दी गरी धर्ना बसेका उनीहरुलाई पक्राउ गरिएको छ ।

शिक्षक भर्नाका लागि आएको बजेट अन्य शिर्षकमा खर्च गरी शिक्षक भर्ना नगरेको भन्दै शिक्षकहरुले केहि महिनाअघि पनि यो कार्यालयमा ताला लगाएका थिए ।

तर, ताला तोडिएको थियो ।
लगाइएको ताला तोडेपछि शिक्षकहरु बिहीबार पुनः ताला लगाएर धर्ना बसेका थिए । त्यहीं क्रममा जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुलाई भने दुई घण्टापछि प्रहरीले छाडेको छ ।करारमा नियुक्त शिक्षक दिलिप यादवले शिक्षक भर्नाकै लागि आएको बजेट अन्य शिर्षकमा खर्च गरिरहेकाले आफूहरु आन्दोलित भएको बताए ।

उनले बजेटको सदुपयोग गर्दै शिक्षक भर्ना नगरिए आफूहरुको आन्दोलन जारी रहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]