१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

एमाले महाधिवेशनबाट चुनिएका १९ पदाधिकारीहरुमा एक मधेशी

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन् ।

तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन् ।

अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो । १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए ।

१४ जनामध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन् ।

सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा ’बादल’, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका हुन् ।

यसपालि एमाले पदाधिकारीमा पहिलो पटक मधेसी र दलित समुदायका नेता पनि परेका छन् ।

रघुवीर महासेठ तेस्रो प्रयासमा एमाले पदाधिकारी बन्न सफल भएका हुन् ।

यसअघि उनी आठौं र नवौं महाधिवेशनमा सचिव उम्मेदवार हुँदा पराजित भएका थिए । दुबै महाधिवेशनमा उनी ओली समूहमा थिए ।

छविलाल विश्वकर्मा यसअघि स्थायी कमिटी सदस्य थिए । यसपालि उनी सचिव बनेका हुन् ।

निर्वाचित नयाँ पदाधिकारी

अध्यक्ष– केपी शर्मा ओली (१८०८)
वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल (निर्विरोध)
महासचिव– शंकर पोखरेल (निर्विरोध)

उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य (१९७६)
सुरेन्द्र पाण्डे (१९२५)
सुवास नेम्वाङ (१८६५)
विष्णु पौडेल (१८५६)
युवराज ज्ञवाली (१८४२)
रामबहादुर थापा ‘बादल’ (१७६८)

उपमहासचिवहरू
प्रदीप ज्ञवाली (निर्विरोध)
पृथ्वीसुब्बा गुरूङ (निर्विरोध)
विष्णु रिमाल (निर्विरोध)

सचिवहरू
गोकर्ण विष्ट (१९७६)
योगेश भट्टराई (१९६४)
पद्मा अर्याल (१८००)
छबिलाल विश्वकर्मा (१८००)
लेखराज भट्ट (१७०४)
टोपबहादुर रायामाझी (१७००)
रघुवीर महासेठ (१५१३)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।