१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन : प्रवेश शुल्क २ हजार रुपैयाँ ताेकियाे

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१८ मंसिर ।नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ ।शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ । याे उपसमितिले आउँदो मङ्सिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता महराले बताउनुभयो ।

यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताउनुभयो । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि चयनका निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको सङ्ख्याको आधारमा कुन प्रदेशले कति गर्‍याे त्यसको आधारमा गर्ने भन्ने निर्णय गरिएको छ । आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ । प्रत्येक पार्टी सदस्यलाई दुई हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]