१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मुख्यमन्त्री राउत, राहत वितरणमा व्यस्त

Logo
प्रकाशित बिहिबार, साउन ०२, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ ।
गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो ।
प्रदेश सरकारले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री राउत आज बिहानैदेखि रौतहटको विभिन्न स्थानमा बाढी प्रभावितलाई राहत वितरण गर्नुभएको छ ।
राहत वितरण कार्यलाई तदारुकताका साथ अगाडी बढाउँदै प्रदेश सरकारले तत्कालै उपलब्ध गराएको दश दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको बताए । बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले विभिन्न समुह बनाएर जिल्लाहरुमा परिचालन गरेको हो ।
२५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गरिएको छ ।प्रदेश सरकारले एक करोड ३५ लाख बराबरको राहत समाग्री रौतहट जिल्लाको बाढी पीडितलाई वितरण गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]