११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

जनकपुरमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुतला दहन, युवा नेता किसन साह सहित दर्जनौं युवा पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०३, २०७६

जनकपुरधाम : लोक सेवा आयोग आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो । सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता दिनेश यादव, प्रशान्त झा, किसन साह लगाइय दर्जनौं युवालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अहिले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । उनीहरु आयोगको विज्ञापन खारेज नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रवार देशका अन्य मुख्य शहरहरुमा समेत विज्ञापन विरुद्ध प्रदर्शन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]