११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

किसान आन्दोलन : १९ दिनपछि जनमतको जिल्ला अध्यक्ष कुशवाहासहित ३ जना रिहा

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ।किसान आन्दोलनको क्रममा पक्राउ परेका जनमत पार्टी धनुषा अध्यक्षसहित तीन जना रिहा भएको छ।

रिहा हुनेमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा,जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्रकिशोर साह रहेको छ।

रिहा हुनलगतै जनमत पार्टीका नेता कार्यकर्ताहरुले अध्यक्ष कुशवाहा,सहसचिव पण्डित र जिल्ला सदस्य साहलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको छ।

उनिहरुलाई धनुषाको बिरेन्द्रबजारबाट आन्दोलन गरेर घर फर्किरहेको बेलामा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थिए।

जिल्ला अदालत धनुषाको आदेशपछि उनिहरु साधारण तारीखमा रिहा भएका हुन ।पक्राउ परेको १९ दिनपछि आज रिहा भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]