१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

जनमतले नाङ्लो जुलुस प्रदर्शन गर्ने : स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

जनकपुरधाम, ९ माघ । डा. सि. के राउत नेतृत्वको जनमत पार्टीले आज (आइतवार) नाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ । किसानहरुको मागलाई नेपाल सरकारले हालसम्म बेवास्ता गर्नुका साथै आन्दोलनमाथि दमन गर्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिएकाे हाे ।

पार्टीले किसानहरुको विभिन्न माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । पार्टीले आह्वान गरे अनुसार स्थानियतहमा हिजो (शनिवार) समेत किसानहरुले बाल्टिन लिएर जुलुस प्रदर्शन गरिएकोे थियो ।
समयमा मलखाद्य र सिचाईको उचित व्यवस्था, उखु किसानको भुक्तानी, किसान कार्डको व्यवस्था, किसानमाथिको दमन बन्द गर्नु पर्ने, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर्नुपर्ने, फसलको उचित मुल्य निर्धारण गर लगायतका नाराहरुसहित प्रदर्शनमा उत्रिएको थियो । कोरोना भाइरसको संक्रमण बढदै गएकोले भौतिक दुरी तथा मास्कको प्रयोग गरी कार्यक्रम गराउने पार्टीले निर्देशन दिएको छ । स्थानीय प्रशासनले तोकेको मापदण्ड पालना गर्न समेत पार्टीले आग्रह गरेका छन् । गत पुस ३० गते विभिन्न जिल्लाको सदरमुकाममा समेत किसान महार्‍याली प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]