०४ साउन २०८१, शनिबार
20-07-2024 , Sat
×

मञ्जिता जन्मदिन मनाउन किसान आन्दोलनमा आर्थिक सहयोग गरियो

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२० माघ। १५ वर्षीया मञ्जिता साहले आफ्नो जन्मदिन मनाउने पैसा किसान आन्दोलनमा सहयोग गरेकी छिन्।

सुनसरी स्थायी घर भएकी मञ्जिता काठमाडौंस्थित सैनिक महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्।

आफ्नो परिवारका सदस्यहरु पनि किसान भएकोले र किसानको लागि आन्दोलन भइरहेकोले आफ्नो जन्मदिनमा खर्च हुने रकम आन्दोलनमा सहयोग गरेको बताइन्।

किसान आन्दोलनका लागि आर्थिक सहयोग माग गरिएको बैंक अकाण्टमा मञ्जिताको परिवारबाट ११ हजार रुपैंया पठाइएको छ।

मञ्जिताले किसान आन्दोलनमा सहयोग गर्न पनि आग्रह गरेकी छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले […]

सर्लाही । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् । आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’ उनले मधेशका आठवटै […]